महेन्द्र मोरङमा नेविसंघका पौडेल विजयी

विनोद भण्डारी

विराटनगर — कोशी प्रदेशको सबैभन्दा ठूलो महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका जशवन्त पौडेल विजयी भएका छन् । पौडेलले १ हजार ६ सय ८९ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का रोहित यादवले ७ सय ८४ मत पाए ।

त्यसैगरी सचिवमा एमाले निकट अनेरास्ववियुकी सनिम ठकुरी विजयी भएकी छन् । उनले ९ सय ३७ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेविसंघकी पूजा विश्वासले ७ सय ८६ मत ल्याइन् ।

कोषाध्यक्षमा नेविसंघका स्वस्तिक बोहोराले १ हजार १ सय ४३ मत ल्याएर विजयी हुँदा अनेरास्ववियूका आरोग्य थापाले ९ सय २ मत ल्याए । यो क्याम्पसमा ५ हजार ८ सय २५ मतदातामध्ये ३ हजार १ सय ६६ मत खसेको थियो । चुनावका लागि नेविसंघ, अनेरास्ववियू र अखिल (क्रान्तिकारी)ले प्यानल उम्मेदवार दिएका थिए ।

प्रकाशित : चैत्र ७, २०७९ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्

थ्री नेसन्सकप : तीनै टिम नयाँ खेलाडीमा निर्भर

कान्तिपुर संवाददाता

काठमाडौँ — बुधबारदेखि सुरु हुने सहभागी हुने प्रधानमन्त्री थ्री नेसन्सकपमा तीनै टिम आयोजक नेपालसँगै लाओस र भुटान नयाँ खेलाडीमा निर्भर रहने तयारीमा छन् ।


दशरथ रंशगालामा प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसको सामना गर्नेछ । मंगलबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा तीनै टिमका प्रशिक्षकले आफूहरू नयाँ खेलाडीलाई अवसर दिने क्रममा रहेको बताए ।

नेपाली टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले तयारीका लागि पर्याप्त समय नभएको स्वीकार्दै त्यसका बावजुद पनि टिमले राम्रो गर्नेमा विश्वास व्यक्त गरे । उनले कम समयमै आफूले सक्दो राम्रो टिम चयन गरेको र यसले मैदानमा पनि राम्रै गर्ने विश्वास व्यक्त गरेका थिए । उनले भने, ‘सम्भवतः मैले ठीक स्थानका लागि उपयुक्त खेलाडीको टिम बनाएको छु ।’

इटालीका प्रशिक्षकको नेतृत्वमा नेपालले पहिलोपटक खेल्न लागेको छ । यस अवसरमा कप्तान किरण लिम्बूले राष्ट्रिय टिमका यसअघिका अधिकांश सदस्य विदेश गएको स्थितिमा नयाँ चुनौती तयार भएको बताए । उनले भने, ‘प्रत्येक अवसर र परिस्थितिले नयाँ चुनौती दिने गर्छ । विश्वास गरौं, हामीले युवा खेलाडीको मदतले राम्रो गर्न सक्नेछौं ।’

भुटानी टिमका प्रशिक्षक पेमाले पनि आफ्नो टिम नयाँ खेलाडीमा निर्भर रहेको बताए । उनले प्रतियोगिताका क्रममा आफ्नो टिम बलियो चुनौती पेस गर्न पनि सक्षम रहेको बताए । भुटान तीन वर्षभन्दा लामो समयपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कँदैछ । उनले थपे, ‘हामीले दुई महिनाभन्दा लामो समय तयारी गरेका छौं, त्यसैले हामी उत्साहित छौं ।’

लाओसका प्रशिक्षक माइकल वेसले आफ्नो टिम नयाँ खेलाडीले भरिएको बताए । उनले तत्कालको नतिजा भन्दा पनि आफ्नो लक्ष्य भविष्यका लागि बलियो टिम बनाउने रहेको बताए । पछिल्लो समय खराब लयबाट गुज्रिरहेको लाओसले आफ्ना खेलाडी निकै बहादुर र आत्मविश्वासी रहेको पनि दाबी गरे ।

प्रकाशित : चैत्र ७, २०७९ १५:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×