
संखुवासभा — बरुण क्याम्पस खाँदबारीको स्ववियु निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत संखुवासभाका ४ क्याम्पसमध्ये २ क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो ।

बरुण र रामेश्वर क्याम्पस माम्लिङमा स्ववियु निर्वाचन भएको थियो । जिल्लामा ४ मध्ये २ वटा क्याम्पसमा सहमतिका आधारमा स्वतन्त्र विद्यार्थी युनियनको पदाधिकारी चयन गरिएको थियो ।
बरुण बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका जनक राई १ सय ९६ मत ल्याउँदै निर्वाचित भएका छन् । अनेरास्ववियुका विवस खत्रीलाई पराजित गर्दै नेविसंघका उम्मेदवार राई विजयी भएका हुन् ।
त्यस्तै, रामेश्वर क्याम्पस माम्लिङमा अनेरास्ववियुको प्यानलै विजयी भएको छ । रामेश्वर क्याम्पसको सभापतिमा अनेरास्ववियुका हर्क बयलकोटी निर्वाचित भएका छन् । नेविसंघका ओमबहादुर खत्रीलाई ९ अन्तरले पराजित गर्दै अनेरास्ववियुका बयलकोटी विजयी भएका हुन् ।
संखुवासभा बहुमुखी क्याम्पस चैनपुर र मादी बहुमुखी क्याम्पस मादीमा भागबण्डाबाट पदाधिकारी चयन गरिएको छ । संखुवासभा बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुका आमोद कार्की र मादी क्याम्पसमा गोपाल प्रसाईं सभापति चयन भएका छन् । सभापतिबाहेक सचिव, उपाध्यक्षलगायत अन्य पदमा नेविसंघ र अखिल क्रान्तिकारीलाई समेटेर पदाधिकारी चयन गरिएको हो ।
प्रकाशित : चैत्र ६, २०७९ १९:४३