मुख्यमन्त्री कार्कीको गाडीमा तोडफोड प्रयास

मुख्यमन्त्री हिक्मत कार्कीको गाडीको झण्डा नै झिकेर प्रदर्शनकारीहरूले अवरोध गरेका छन्
कुम्भराज राई

ओखलढुङ्गा — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की चढेको गाडीमा तोडफोडको प्रयास भएको छ । सोमबार सिद्धिचरण नगरपालिका ११ गोरूमारे भन्ज्याङमा आन्दोलनकारीले तोडफोडको प्रयास गर्नुका साथै मन्त्रीको गाडीमा प्रयोग हुने झण्डासमेत झिकिदिएका हुन् ।

कोशी प्रदेश नामांकनको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले मुख्यमन्त्रीलाई कालो झण्डासमेत देखाएका थिए ।

कोशी प्रदेश नामकरणको विरोध गर्दै नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा लगायत पदाधिकारीहरुले मुख्यमन्त्री विरूद्ध प्रदर्शन गर्दै आएका छन् ।

मुख्यमन्त्री कार्की भने आइतबारदेखि ओखलढुङ्गामा छन् । सोमबार उनी सिद्धिचरण नगरपालिका १ मा एक कार्यक्रमका लागि हिँडेका बेला अवरोधसहित उनी सवार गाडीमा तोडफोड प्रयास भएको हो ।

कोशी प्रदेशका विभिन्न स्थान साथै संघीय राजधानी काठमाडौंमा पनि पहिचान पक्षधरहरूले कोशी नामकरणको विरोध गर्दै आएका छन् ।

प्रकाशित : चैत्र ६, २०७९ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्

एमालेले किन समर्थन फिर्ता लियो, देश दुनियाँलाई थाहा छ : पौडेल

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारलाई दिएको समर्थन एमालेले किन फिर्ता लियो भनेर देश र दुनियाँलाई थाहा भएको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावको छलफलमा भाग लिँदै समर्थन किन फिर्ता लिएको भन्ने विषय प्रधानमन्त्री दाहाललाई सबैभन्दा बढी थाहा रहेको उनले बताए ।

'प्रधानमन्त्रीज्यूले आफ्नै मनलाई सोधे हुन्छ एमालेले किन विश्वासको मत फिर्ता लियो भनेर' पौडेलले भने, 'नेपालको इतिहासमा परराष्ट्रमन्त्रीप्रति जुन प्रकारको अपमान भएको छ । त्यो नेपालको मात्रै कुरा थिएन देशको इज्जतसँग जोडिएको विषय थियो । यो लुकेको कुरा होइन । सबैलाई थाहा छ ।'

सांसद पौडेलले सबैलाई थाहा भएको विषयमा प्रधानमन्त्रीले सदन र देशवासीलाई सोधिरहनु नपर्ने भन्दै व्यंग्य गरेका थिए ।

प्रकाशित : चैत्र ६, २०७९ १५:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×