स्ववियु निर्वाचन : महेन्द्र मोरङमा मतगणनाको तयारी

कान्तिपुर संवाददाता

विराटनगर — गणक प्रतिनिधिले आफ्नो परिचयपत्र नखुलाउँदा मतगणना सुरु हुन नसकेको यहाँको महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतगणना सोमबार अपराह्नदेखि गणना गर्ने तयारी गरिएको छ ।

आइतबार मध्यरातिसम्म विद्यार्थी संगठनका गणक प्रतिनिधिले आफ्नो परिचयपत्र नखुलाएका कारण मत गणना सुरु हुन सकेको थिएन ।

हरेक विद्यार्थी संगठनका गणक प्रतिनिधिले आफ्नो परिचयपत्र देखाएर मात्र मतगणनास्थलमा पस्न पाउने सर्वदलीय सहमति भएपछि अपराह्नदेखि मतगणना सुरु गर्ने तयारी गरिएको निर्वाचन अधिकृत सुशील अधिकारीले बताए । उनका अनुसार अब केही समयपछि गणना सुरु हुने छ ।

यो क्याम्पसमा ५ हजार ८ सय २५ मतदाता मध्ये ३ हजार १ सय ६६ मत खसेको छ । यो क्याम्पसमा कांग्रेस, एमाले, माओवादी केन्द्र र जनमत पार्टी निकट विद्यार्थी संगठनले प्यानलै उम्मेदवारी दर्ता गरेका छन् । यहाँ राप्रपाले उम्मेदवारी दिएको छैन ।

प्रकाशित : चैत्र ६, २०७९ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्

बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

सन्जु पौडेल

तिलोत्तमा — बुटवल बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । कुल ७ हजार १ सय १० विद्यार्थी मतदाता रहेको क्याम्पसमा २ हजार ६ सय ८१ मत खसेको थियो ।

अध्यक्ष पदमा अनेरास्ववियुका उम्मेदवार दुर्गाबहादुर एमसीले १ हजार २ सय १४ मत पाएर विजयी भए भने निकटतम प्रतिस्पर्धी माओवादी निकट अखिल क्रान्तिकारीका शिवबहादुर खवासले ६ सय ३५ मत पाए । नेपाल विद्यार्थी संघका सागर पौडेल ४ सय ७४ मतसहित तेस्रो भए ।

त्यस्तै, सचिव पदमा अनेरास्ववियुका उम्मेदवार निलकण्ठ पाण्डेय, कोषाध्यक्ष पदमा अनेरास्ववियुका शशांक बस्याल विजयी भएका छन् ।

यस्तै, सदस्य पदमा पनि अनेरास्ववीयुका नवीन खनाल, सूचना भण्डारी, सुनिल कार्की, भूकम्प अर्याल, विमलकुमार पासी, सागर एमसी र प्रज्वल बस्नेत फराकिलो मतान्तरले विजयी भएका छन् ।

बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुले ०४९ सालदेखि जित्दै आएको छ ।

प्रकाशित : चैत्र ६, २०७९ १२:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×