१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

धनकुटामा आगलागीबाट दुई घरमा क्षति

धनकुटा — धनकुटाको महालक्ष्मी नगरपालिका-४ स्थितनाम्फुमा बुधबार अपराह्न आगलागीबाट दुई घरमा क्षति पुगेको छ । स्थानीय ज्ञानबहादुर खड्का र खीलबहादुर खड्काको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

धनकुटामा आगलागीबाट दुई घरमा क्षति

दिउँसो ४ बजेतिर अकस्मात आगो लाग्दा दुवै घरका अन्नपात, लत्ताकपडालगायत सम्पूर्ण सामान जलेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

ज्ञानबहादुरको घरबाट सल्किएको आगो छिमेकी खीलबहादुरको घरसम्म फैलिएको थियो । घटनामा १३ लाखभन्दा बढीको क्षति भएको प्रवक्ता कुँवरले बताए । आगलागीको कारण भने खुल्न सकेको छैन ।


प्रकाशित : चैत्र १, २०७९ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?