कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

प्रदेशको नाम 'कोसी' राखिएकोमा विरोध प्रदर्शन

देवनारायण साह

मोरङ — प्रदेशसभाले बुधबार साविकको प्रदेश १ को नाम 'कोसी' पारित गरेको विरूद्ध विराटनगरमा शुक्रबार विरोध प्रदर्शन भएको छ ।

प्रदेशको नाम 'कोसी' राखिएकोमा विरोध प्रदर्शन

किरात, लिम्बुवान संघर्ष समितिले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयनजिक विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले कोसी राजमार्ग जाम गरेर प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गर्न जाने क्रममा प्रहरीले रोडशेषचोक जिकै उनीहरूलाई रोकेको थियो ।

९३ सदस्यीय प्रदेशसभामा कोसी प्रदेशको पक्षमा ८२ जना प्रदेश सांसदले मतदान गरेका थिए । विपक्षमा ४ जनाले मतदान गरेका थिए भने ६ जना प्रदेश सांसद अनुपस्थित रहेका थिए ।

प्रकाशित : फाल्गुन १९, २०७९ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?