कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

इलाममा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

विप्लव भट्टराई

इलाम — इलाम नगरपालिका ५ स्थित नवनिर्मित कभर्डहलमा कोसी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता बिहीबारबाट सुरु भएको छ । ब्याडमिन्टनतर्फको यो नै जिल्लामा आयोजना गरिएको ठूलो प्रतियोगिता हो । 

इलाममा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

बरवोटे ब्याडमिन्टन क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको इलाम नगरपालिकाका मेयर केदार थापाले बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरे । खुल्ला, भेट्रान र जिल्लास्तरीय डबल गरी ३ विधामा खेलाइएको छ । प्रतियोगिताको खुलातर्फ विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै भेट्रान र जिल्लास्तरीयतर्फ विजेता, दोस्रो र तेस्रो हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिता फागुन २० गतेसम्म सञ्चालन हुनेछ । जिल्लामा ब्याडमिन्टन खेलतर्फ आकर्षण थपिँदै गएकाले राष्ट्रियस्तरका खेलाडीसमेत सम्मिलित भएकाले प्रतिस्पर्धा रोचक देखिएको छ । नयाँ प्रतिभालाई प्रोत्साहन गर्दै यस क्षेत्रको पर्यटकीय विकासका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष गृष्म सुब्बाले बताए । ब्याडमिन्टनसहित विभिन्न खेलकुदका कार्यक्रम गर्न सकिने गरी करिब २ करोड रुपैयाँको लागतमा कभर्डहल निर्माण गरिएको हो ।

प्रकाशित : फाल्गुन १८, २०७९ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?