कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका फरार ३ जना पाँचथरमा पक्राउ

लक्ष्मी गौतम

पाँचथर — ज्यान मार्ने उद्योगमा जिल्ला अदालत पाँचथरबाट कैद सजाय सुनाइएपछि फरार रहेका ३ जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको फालेलुङ गाँउपालिका-७ का २४ वर्षीय सुजन राई, २३ वर्षीय प्रकाश राई र २८ वर्षीय अनिल राई छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले फालेलुङ-७ सिदिनबाट आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरीक्षक) सन्तोष राईले जानकारी दिए । उनीहरुविरुद्ध फालेलुङ-७ का मिराक हाङसरुम्बाको ज्यान मार्ने उद्योगमा पीडितका पिता धनबहादुर हाङसरुम्बाले मुद्दा दर्ता गराएका थिए ।

२०७२ फागुन १२ गते उनीहरुले हाङसरुम्बाको ज्यान मार्ने प्रयास गरेको मुद्दाको फैसला गर्दै २०७५ वैशाख १३ गते अदालतले उनीहरुलाई दोषी प्रमाणित गर्दै कैद सजाय तोकिएको थियो । उनीहरु तीनै जनालाई ४ वर्ष ११ महिना २९ दिनका दरले कैद गर्न अदालतको फैसलामा भनिएको छ ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय पाँचथरले माघ महिनामा मात्रै विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएका १४ जनालाई पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरेको जनाएको छ ।

प्रकाशित : माघ २२, २०७९ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?