पाँचथरबाट भरुवा बन्दुकसहित युवक पक्राउ


पाँचथर — पाँचथरको तुम्वेवा गाउँपालिका-२ का मनोज राई भरुवा बन्दुकसहित पक्राउ परेका छन् । राईलाई प्रहरी चौकी नावाखोलाबाट खटेको टोलीले शनिबार राति २३ वर्षीय राईलाई पक्राउ गरेको हो ।
उनको साथबाट एकथान बन्दुक र त्यसमा प्रयोग हुने कार्तोज, बारुद, केप र सलाईसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँथरले जनाएको छ ।
पकाउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखी अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बताए ।
प्रकाशित : माघ २२, २०७९ १७:१५