ताप्लेजुङमा करेन्ट लागेर महिलाको मृत्यु- कोशी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ताप्लेजुङमा करेन्ट लागेर महिलाको मृत्यु

आनन्द गौतम

ताप्लेजुङ — आठराई त्रिवेणी गाउँपालिका २ फूलबारी सिमलबोटेकी एक महिलाको बिजुलीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार बाख्रा चराउन जंगल गएकी ३९ वर्षीया सुकमाया श्रेष्ठ जमिन नजिकै लत्रिएको अवस्थामा रहेको बिजुलीको नाङ्गो तारसँगै मृत अवस्थामा भेटिएकी थिइन् ।

प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार प्रहरीले घटनास्थलमा गई थप अध्ययन गरिरहेको छ । वडाध्यक्ष टेकिन्द्र सेन्दाङले जमिनको भूभागदेखि आधादेखि एक मिटर मात्रै उचाइमा तार लत्रिएको पाइएको बताए ।

बिहीबार घरबाट बाख्रा चराउन गएकी उनी बेलुका घर नफर्किएपछि परिवारले बिहीबारदेखि नै खोजी गरेका थिए । बाख्रा घर पुग्दा पनि श्रेष्ठ नफर्किएपछि बिहीबार बेलुकैदेखि खोजी गरिएको र शुक्रबार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ २०, २०७९ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्

भीरमा अलपत्र महिलाको उद्धार

आनन्द गौतम

ताप्लेजुङ — भीरमा अलपत्र परेकी महिलाको शुक्रबार नेपाली सेनाको टोलीले डोरीको सहयोगले उद्धार गरेको छ । मेरिङदेन गाउँपालिका ४ लिङतेप दिङ्लाकी ४० वर्षीय सन्तोष माया लिम्बूको उद्धार गरेको हो । 

गाउँपालिका अध्यक्ष डम्बर हाङगामका अनुसार बिहीबार बिहान घरबाट हिँडेकी लिम्बू युनाइटेड हाइड्रोपावरमाथिको भीरमा शुक्रबार दिउँसो अलपत्र अवस्थामा देखिएकी थिइन् । सडकदेखि ५० मिटरमाथिको भीरमा देखिएकी उनी तलमाथि कतै जान नसक्ने अवस्थामा अलपत्र परेपछि हाइड्रो पावरका गाडी चालकले गाउँपालिकामा खबर गरेका थिए ।

अध्यक्ष हाङगामसहितको टोली पुगे पनि स्थानीयले पहरोमा चढेर उद्धार गर्न सक्ने अवस्था नभएपछि प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलमार्फत नेपाली सेना र प्रहरीको सहयोग मागिएको थियो । हाइड्रोपावरबाट आएको सेना र प्रहरीको टोलीले रुखमा डोरी बाँधेर उनलाई उद्धार गरेको र घरमा पुर्‍याएर परिवारको जिम्मा लगाएको हाङगामले बताए । पारिवारिक विवादका कारण उनी जंगलमा गएको र बिचमा पुगेपछि कतै जान नसक्ने अवस्थामा पुगेको पाइएको हाङगामले बताए ।

ताप्लेजुङको मेरिङदेन गाउँपालिका ४ लिङतेपमा बिहीबार घरबाट हिँडेकी ४० वर्षीया महिला । तस्बिर सौजन्य : डम्बर हाङगाम्गाम

प्रकाशित : माघ १३, २०७९ २०:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×