धनकुटाका पत्रकार पूर्णकुमार चौधरीको निधन

धनकुटा — धनकुटाका पत्रकार पूर्णकुमार चौधरीको बुधबार राति निधन भएको छ । नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सहसचिव ३५ वर्षीय चौधरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको जनाइएको छ ।

धनकुटाका पत्रकार पूर्णकुमार चौधरीको निधन

चौधरी आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखाका सचिव तथा रेडियो भेडेटारका स्टेसन म्यानेजर समेत थिए । उनको पिसाबमा संक्रमण देखिएपछि धरानस्थित प्रतिष्ठानमा उपचार भइरहेको थियो । राति १ बजे उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको बिहीबार दिउँसो धनकुटाको मूलघाटमा अन्त्येष्टि हुने पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईले जानकारी दिए । चौधरीका श्रीमती तथा एक छोरा र एक छोरी छन् ।


प्रकाशित : माघ १९, २०७९ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?