जबरजस्ती करणी गरी भारत लैजाँदै गर्दा दुई भारतीय पक्राउ- कोशी - कान्तिपुर समाचार

जबरजस्ती करणी गरी भारत लैजाँदै गर्दा दुई भारतीय पक्राउ

कान्तिपुर संवाददाता

विराटनगर — रोजगारीको खोजीमा हिँडेका एक महिला र एक नाबालिगलाई होटलमा राखेर जबरजस्ती करणी गरी रोजगारी दिने बहानामा भारत लैजाँदै गर्दा दुई भारतीयलाई प्रहरी कार्यालय मोरङले सोमबार जोगवनी नाकाबाट पक्राउ गरेको छ ।

झापाको कन्काई नगरपालिका ४ बस्ने २७ वर्षीया महिला र १४ वर्षीया नाबालिग कामको खोजी गर्दै माघ १२ गते विराटनगरको बसपार्कस्थित हिमालय होटलमा पुगेका थिए ।

त्यही होटलमा बसेका भारतीय नागरिक ४० वर्षीय बाबु साहेब र मोहम्मद जाहागीरले उनीहरूलाई रोजगारी दिने भन्दै विराटनगर–१८ रानीस्थित हिमालय गेस्ट हाउसमा पुर्‍याएर जबर्जस्ती करणी गरी रोजगारी दिने बहानामा भारत लैजाँदै गर्दा जोगवनी नाकामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द दर्नालले बताए ।

विराटनगर बसपार्कको हिमालय होटलमा भेट भएर जागिर दिने भन्दै सीमा नाकाको हिमालय गेस्ट हाउसमा महिला र नाबालिकालाई जबरजस्ती करणी गरेर सोमबार रोजगानी दिने भन्दै भारत लैजाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरिएको दर्नालले बताए ।

प्रकाशित : माघ १६, २०७९ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्

हुलासको लखपति अफर, दैनिक २ जनालाई १/१ लाख नगद उपहार 

कान्तिपुर संवाददाता

काठमाडौँ — हुलास स्टिलले लखपति अफर ल्याएको छ । माघ १५ गतेदेखि लागू भएको यो योजना चैत १५ गतेसम्म रहने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस अफरअन्तर्गत न्यूनतम ३ बण्डल हुलास रंगिन जस्तापाता खरिद गर्नेलाई लक्की–ड्र मा सहभागी गराइने छ ।

सहभागी हुनका लागि कम्पनीका आधिकारिक डिलरबाट खरिद गरेको हुनुपर्ने, भ्याटबिल अनिवार्य हुनुपर्ने, न्यूनतम ३ बण्डल जस्तापाता खरिद गरेको हुनुपर्ने, सोभन्दा बढी खरिद गरेमा हरेक ३ बण्डलमा १–१ कुपन प्रदान गरिने हुलास स्टिलले जनाएको छ । कम्पनीका अनुसार योजना अवधिभर हरेक दिन २ जना विजेता लक्की ड्रबाट छनोट गरी १–१ लाख नगद उपहार प्रदान गरिने छ ।

‘योजनामा सहभागी हुनका लागि ग्राहकले लक्की ड्रको कुपन र भ्याट बिलको फोटो खिचेर एक–एक प्रति ९८०१२१२६२६ नम्बरको वाट्स एप वा भाइबरमा पठाउनु पर्ने छ’ विज्ञप्ति जारी गर्दै कम्पनीले भनेको छ ‘एउटा भ्याट विल र कुपन एक पटक मात्रै सहभागी गर्न पाइने छ र यस योजना अर्न्तगत पठाएका कुपनहरु योजना अवधिभर हरेक लक्की ड्र मा समावेश गरिनेछ ।’ कुपन नम्बर ७०५१ का कृष्ण अधिकारी र कुपन नम्वर ६५५१ का भिमाद खानेपानी उपभोक्ता तथा सरसफाई समिति पहिलो दिनको विजेता बनेको कम्पनीले जनाएको छ ।

प्रकाशित : माघ १६, २०७९ १८:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×