फिदिममा हावापानी केन्द्र

पाँचथर — जल तथा मौसम विज्ञान विभागको मातहतमा रहने गरी सदरमुकाम फिदिमस्थित कृषि ज्ञान केन्द्र परिसरमा ‘स्वचालित यन्त्र जडित हावापानी केन्द्र’ स्थापना गरिएको छ ।

विभागको धरान कार्यालयका प्राविधिकले यो केन्द्रको निगरानीसँगै दैनिक तथ्यांक अद्यावधिक गर्ने मौसमविद् रामबाबु मिश्रले बताए । उनका अनुसार केन्द्रमा आधुनिक प्रविधिका तापक्रम मापन, वर्षा मापन, एयरप्रेसर मापन र सापेक्षित आर्द्रता मापन यन्त्र जडान गरिएको छ ।
प्रकाशित : माघ १३, २०७९ २०:५८