धनकुटामा यातायात कार्यालयका प्रमुखमाथि दुर्व्यवहार- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनकुटामा यातायात कार्यालयका प्रमुखमाथि दुर्व्यवहार

रमेशचन्द्र अधिकारी

धनकुटा — जिल्ला यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख बाबुराम लुइँटेललाई बुधबार एक समूहले दुर्व्यवहार गरेको छ । घूस लिएको आरोपमा उनलाई नेकपा (बहुमत) का कार्यकर्ताले बुधबार कार्यकक्षमै कालोमोसो दलेका छन् ।

तर घटनाबारे कार्यालय प्रमुख लुइँटेलले आफू कार्य कक्ष बाहिर रहेको बेला दुर्व्यवहार गरिएको बताए । 'कार्य कक्ष बाहिर प्यासेजमा रहेको बेला मलाई कालो मोसो दलियो,' उनले भने, 'मैले अतिरिक्त रकम लिएको छैन, तर दुर्व्यवहार गरियो ।'

पार्टीले विज्ञप्ति जारी गर्दै कार्यालयका कर्मचारी र विचौलिया प्रयोग गर्दै सवारी चालक अनुमति पत्र उपलब्ध गराउँदा १० देखि १८ हजार रुपैयाँ अतिरिक्त रकम लिएकोले चेतावनीका लागि सांकेतिक कारबाही गरिएको जनाएको छ । घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताए ।

प्रकाशित : माघ ११, २०७९ २२:२१
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश १ सभा बैठक माघ २३ मा

कान्तिपुर संवाददाता

मोरङ — प्रदेश १ का सभामुख बाबुराम गौतमले प्रदेशसभाको पहिलो अधिवेशनको छैटौं बैठक माघ २३ गते दिउँसो १ बजेका लागि बोलाएका छन् । उनले पुस ३० मा अर्को सूचना नहुन्जेलसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका थिए ।

प्रदेशसभामा बिजनेस अभाव भएको र प्रमुख प्रतिपक्षी दल कांग्रेस चासो नदिँदा लामो समय बैठक स्थगित भएको प्रदेश सांसदहरूको गुनासो छ । प्रदेशको नामकरण हुन बाँकी रहेकाले प्रदेशसभा बैठक सार्वजनिक चासोको विषय बनेको हो ।


प्रकाशित : माघ ११, २०७९ २२:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×