१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

खोटाङमा यात्रुबहाक बस दुर्घटना, सात जना घाइते

खोटाङ — जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । काँकडभिट्टाबाट दिक्तेल जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५०८ नम्बरको बस बुधबार बिहान नुनथलामा दुर्घटना भएको हो ।

खोटाङमा यात्रुबहाक बस दुर्घटना, सात जना घाइते

दुर्घटनामा झापा मेचीनगरपालिका–७ का बस चालक ३६ वर्षीय स्ट्रङ राई, मोरङ पथरी नगरपालिका–५ का २९ वर्षीय अमृत पाण्डे, बेलबारी नगरपालिका–१ का २५ वर्षीय किशोर लिम्बु, खोटाङ हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका ४० वर्षीय नरबहादुर खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा चिउरीडाडाँका २५ वर्षीय कुबिर दाहाल, उक्त नगरपालिका–१ दिक्तेलका २५ वर्षीय सरोज विश्वकर्मा र २८ वर्षीय हिनराज खतिवडा घाइते भएका छन् ।

उनीहरुको जिल्ला अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरी नायब उपरीक्षक मन्जिल मुकारुङले बताए । गाडीमा चालक सहित १९ यात्रु सवार थिए ।


प्रकाशित : माघ ११, २०७९ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?