कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ को मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता आचार्य नियुक्त

देवनारायण साह

मोरङ — प्रदेश १ मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य बुधबार नियुक्त भएका छन् । जिल्ला बार इकाई झापाका पूर्वअध्यक्ष भएका आचार्य झापाका कमल गाउँपालिका निवासी हुन् । 

प्रदेश १ को मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता आचार्य नियुक्त

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६० बमोजिम नियुक्त गरेका छन् ।

आचार्यले आजै दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको प्रदेश १ प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले बताए ।

प्रकाशित : माघ ११, २०७९ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?