लक्ष्यभन्दा आधा राजस्व असुली

विराटनगर — एक वर्षदेखि बन्द रहेको मिरगन्ज पुलबाट हुने आयात–निर्यात पुनः सुरु भयो । पछिल्लो समय तस्करी नियन्त्रणमा प्रहरीले सक्रियता पनि देखायो । तर विराटनगर भन्सारको राजस्व असुलीमा खासै प्रगति हुन सकेको छैन । यो भन्सारले चालु वर्षको ६ महिनामा २८ अर्ब ४० करोड राजस्व असुली लक्ष्य राख्दा १६ अर्ब ५३ करोडमा चित्त बुझाएको छ ।

लक्ष्यभन्दा आधा राजस्व असुली

प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटाका अनुसार पुसमा सुरक्षाकर्मीले करिब एक करोड मूल्य बराबरका तस्करीका सामान भन्सार बुझाएको तथ्यांक छ । भन्सारले पुसमा ५ अर्ब २३ करोड ७८ लाख राजस्व लक्ष्य राख्दा २ अर्ब ४२ करोड १० लाख मात्र संकलन गर्न सकेको छ । यो लक्ष्यको ४६ दशमलव २२ प्रतिशत हो ।

चालु वर्ष ६० अर्ब राजस्व असुली गर्ने लक्ष्य राखेको विराटनगर भन्सारले कुनै पनि महिना सफल हुन सकेको छैन । भन्सारले चालु वर्षको साउनमा ३ अर्ब ६४ करोड लक्ष्यमा २ अर्ब ९५ करोड र भदौमा ४ अर्ब ७६ करोडमध्ये ३ अर्ब ९१ करोड असुली गरेको छ । त्यस्तै, असोजमा ५ अर्ब ५ करोडमा २ अर्ब ७८ करोड, कात्तिकमा ४ अर्ब ७७ करोडमा २ अर्ब ९३ करोड र मंसिरमा ४ अर्ब ९२ करोड लक्ष्यको २ अर्ब ३३ करोड मात्र असुली गरेको छ ।

प्रकाशित : माघ ४, २०७९ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?