दमकका ८ पसलमा आगलागी- कोशी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दमकका ८ पसलमा आगलागी

अर्जुन राजवंशी

दमक — विद्युत् सट भई आगलागी हुँदा झापाको दमकमा ८ वटा पसल जलेर नष्ट भएका छन् । आइतबार बिहान ३ बजेर २० मिनेटतिर दमक नगरपालिका–६ नमुनामार्गस्थित राजु श्रेष्ठको जुत्ता चप्पल पसलमा विद्युत् सर्ट भएर आगलागी भएको थियो ।

आगोले श्रेष्ठको पसलसँगै रहेका संगीता श्रेष्ठ, विजय श्रेष्ठ, कृष्ण न्यौपाने, पुनम घिमिरेसहित ८ जनाको ९ वटा सटरमा सल्किएको थियो । आगलागीबाट कपडा पसल ५, कस्मेटिक, जुत्ता चप्पल र टेलर्स गरी ८ वटा पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

आगो बिहान ६ बजे नियन्त्रणमा लिइएको थियो । आगोले पुर्‍याएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : माघ १, २०७९ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्

गिटी बालुवा उत्खनन् गर्ने ट्र्याक्टरसहित दुई जना नियन्त्रणमा

अर्जुन राजवंशी

बिर्तामोड — गिटी बालुवा उत्खनन् गरेको आरोपमा प्रहरीले झापाको मेचीनगर नगरपालिकाबाट ट्र्याक्टरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । 

शुक्रबार बेलुका पौने ५ बजेतिर मेचीनगर–३ स्थित निन्दा खोलामा गिटी बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले दुइटा ट्र्याक्टर र दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा २० वर्षीय सागर तामाङ र २२ सुजन धिमाल रहेका छन् ।

उनीहरुसहित प्रदेश–१–०१–००१ त ८९४२ र प्रदेश–१–०१–००१ त ८३१७ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले जानकारी दिए ।

प्रकाशित : पुस २९, २०७९ २१:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×