१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

धनकुटा महोत्सवको तयारी अन्तिम चरणमा

धनकुटा — माघ ६ देखि ११ सम्म हुने प्रादेशिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं पाँचौं धनकुटा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ‘कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, उद्योग व्यापार समुन्नत प्रदेशको आर्थिक विकासको आधार’ महोत्सवको नारा हो ।

धनकुटा महोत्सवको तयारी अन्तिम चरणमा

महोत्सवमा एकीकृत व्यापार रणनीतिमा समावेश अलैंची, अदुवा, अल्लो, ओलन, अकबरे लगायतका १९ प्रकारका कृषिजन्य उत्पादित वस्तुको प्रदर्शनी गरिने उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।

महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल र समापन प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीबाट हुनेछ । महोत्सवको १ सय ८० स्टलमध्ये १ सय ३७ स्टलमा कृषि प्रदर्शनी गरिने आयोजकले जनाएको छ । हरेक दिन राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारबाट सांगीतिक प्रस्तुति दिइनेछ ।


प्रकाशित : पुस ३०, २०७९ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?