कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

सिधुवा आगलागी : ४९ लाख रुपैयाँबराबरको क्षति भएको अनुमान

प्रभावित परिवारलाई राहत वितरण

धनकुटा — धनकुटाको छथर जोरपाटी गाउँपालिका–६, स्थित सिधुवा बजारमा शुक्रबार राति भएको आगलागीबाट ४९ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

सिधुवा आगलागी : ४९ लाख रुपैयाँबराबरको क्षति भएको अनुमान

घटनापछि शनिबार प्रहरीले गरेको मुचुल्काअनुसार चार पूर्ण र दुई आंशिकसहित ६ घरमा क्षति पुगेको जनाएको छ । स्थानीय काउली चोकको सन्तबहादुर राईको घरमा डेरा गरी बस्ने ललिता राईले सञ्चालन गर्दै आएको फ्रेस हाउसबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।

घटनामा सबैभन्दा बढी राईको क्षति भएको थियो । उनको दुईतले पक्की घरमा ३७ लाख रुपैयाँबराबरको क्षति पुगेको थियो । उनीसहित स्थानीय डिकबहादुर खड्का, होमबहादुर थापा, झमक थापा, अर्जुन घिमिरे र डम्बर थापाको घर क्षति पुगेको छ । डिकबहादुर र होमबहादुरको संयुक्त दुई तले घरमा साढे ५ लाख, झमकको ५, अर्जुनको १ र डम्बरको ५० हजार बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

यसैबीच, अग्निपीडितलाई जिल्ला विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी र छथर जोरपाटी गाउँपालिकाले राहत वितरण गरेका छन् । विस्थापित परिवारलाई तत्काल वैकल्पिक बसोबासको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।

प्रकाशित : पुस ३०, २०७९ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?