कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

धनकुटा सिधुवा बजारमा आगलागी, तीन घर जले 

धनकुटा — धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिधुवा बजारमा आगलागीले तीन वटा घर जलेका छन् । बजारको काउली चोकको मासु पसलबाट बेलुकी करिब ७ बजेदेखि सुरु भएको आगोले स्थानीय हेम थापा, अर्जुन घिमिरेसहितको घरमा क्षति पुगेको स्थानीय रोशन केसीले जानकारी दिए । उनका अनुसार आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा जुटिरहेका छन् । 

धनकुटा सिधुवा बजारमा आगलागी, तीन घर जले 

यस्तै, तेह्रथुमको वसन्तपुरबाट घटनास्थलमा दमकल पुगिसकेकोले आगो नियन्त्रण उन्मुख रहेको स्थानीय नवनित खड्काले जनाएका छन् । आगो निभाउनका लागि धनकुटाबाट थप प्रहरी गइरहेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जनाए ।

यसैगरी धनकुटा नगरपालिकाको दमकलसमेत प्रयोग गरिएको छ ।

प्रकाशित : पुस २९, २०७९ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?