प्रदेश १ उपसभामुखमा कांग्रेसकी राई र एमालेकी दनुवारको उम्मेदवारी दर्ता

देवनारायण साह

मोरङ — प्रदेश १ उपसभामुखमा नेपाली कांग्रेसकी लिलाकुमारी राई र सत्तारूढ एमालेकी सिर्जना दनुवारले उम्मेदवारी दर्ता गराएका छन् । ६२ वर्षीया राई र ४६ वर्षीया दनुवार दुबै जना उदयपुरबाट समानुपातिक सांसद बनेका हुन् ।

प्रदेश १ उपसभामुखमा कांग्रेसकी राई र एमालेकी दनुवारको उम्मेदवारी दर्ता

राईकाे प्रस्तावकमा कांग्रेसकी खगेश्वरी पाैडेल र समर्थकमा नेकपा (एकीकृत समाजवादी) की विद्या चाम्लिङ राई समर्थक रहेका छन् ।

दनुवारकाे प्रस्तावकमा माओवादी केन्द्रका प्रदेश सांसद नारायण बुर्जामगर र समर्थकमा राप्रपाकी सबिजा बजगाईँ छन् ।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा नवनिर्वाचित सभामुख बाबुराम गौतमले प्रदेश उपसभामुखको निर्वाचन शनिबार बिहान ११ बजेका लागि तोकेका छन् ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बिहीबार सर्वदलीय बैठकबाट उपसभामुख निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना सार्वजनिक गरेका थिए ।

दलीय भागबण्डामा सत्तारूढ दलमध्ये प्रदेश १ को उपसभामुख एमालेको भागमा परेको छ । सत्तारूढ दलमध्ये एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टीका १ गरी ६० जना प्रदेश सांसद छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसका २९ र प्रतिपक्षी दल एकीकृत समाजवादीका ४ जना प्रदेश सांसद छन् ।

प्रकाशित : पुस २९, २०७९ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?