१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रदेश १ का नवनियुक्त ३ मन्त्रीले लिए शपथ

देवनारायण साह

मोरङ — प्रदेश १ का नवनियुक्त तीन जना मन्त्रीले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष शुक्रबार पद तथा गाेपनियताकाे शपथ ग्रहण गरेका छन् ।

प्रदेश १ का नवनियुक्त ३ मन्त्रीले लिए शपथ

माओवादीबाट तेह्रथुम १(२) बाट निर्वाचित दुर्गाप्रसाद चापागाईं र मोरङ ६(१) बाट निर्वाचित जीवन आचार्य र एमालेबाट पूर्वप्रमुख सचेतक तथा सोलुखुम्बु १(२) बाट दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित बुद्धिकुमार राजभण्डारीले मन्त्रीमा शपथ लिएका हुन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद् विस्तार गरी माओवादी केन्द्रका दुई र एमालेका थप एक गरी तीन जना मन्त्री नियुक्त गरेका हुन् ।

साेमबार प्रदेश १ मा मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । अब ७ सदस्यीय मन्त्रिपरिषद् भएको र विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने बताए । अहिले मन्त्रिपरिषद्को कार्यविभाजन विश्वासको मत लिएपछि गर्ने मुख्यमन्त्री कार्कीले बताए ।

प्रकाशित : पुस २९, २०७९ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?