चोरीको विदेशी मुद्रासहित युवक पक्राउ- कोशी - कान्तिपुर समाचार

चोरीको विदेशी मुद्रासहित युवक पक्राउ

डिल्लीराम खतिवडा

उदयपुर — चोरीको आरोपा उदयपुरको त्रियुगा नगरपालिका–११, मिनी मार्केट क्षेत्रबाट सोमबार दिउँसो एक युवक पक्राउ परेका छन । डलर, भारु, युरोसहित खोटाङको दिक्तेल रुपाकोट मझुवागढी – १० पाथेका २१ वर्षीय सुजन गिरी पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी राकेशकुमार पोदारका अनुसार गिरीको साथबाट १ लाख ८५ हजार ४ सय १५ नेपाली रुपैयाँ, अमेरिकी डलर २ सय ९२, २ लाख ५९ हजार एक सय भारतीय रुपैयाँ र ८० युरो बरामद गरिएको छ ।

केही दिनयता गाईघाटस्थित मेलिना होटेलमा बस्दै आएका उनीमाथि प्रहरीले निगरानी गर्दा अवैध गतिविधिमा संलग्न भएको खुलेको हो ।

त्यसैगरी चाँदीको जस्तो देखिने सिक्री २ थान, चाँदीको जस्तो ब्रासलेट एक थान,सुन जस्तो देखिने पहेँलो धातुको औंठी १, एउटा घडीलगायतका सामान पनि उनीबाट बरामद गरिएको डीएसपी पोदारले बताए ।

ती सामान गिरीले केही दिनअघि काठमाडौंको बौद्धबाट चोरी गरेको भन्ने खुल्न आएको उदयपुर प्रहरीले जनाएको छ । प्रहरी वृत्त बौद्धसँग समन्वय गरी पक्राउ परेका व्यक्ति र बरामद सामान काठमाडौं पठाइएको डीएसपी पोदारले बताए ।

प्रकाशित : पुस १८, २०७९ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्

विदेशी रकमसहित युवक पक्राउ

डिल्लीराम खतिवडा

उदयपुर — चोरीको आरोपमा उदयपुर त्रियुगा नगरपालिका ११ मिनी मार्केट क्षेत्रबाट सोमबार दिउँसो एक युवक पक्राउ परेका छन् । डलर, भारु, यूरोसहित खोटाङ दिक्तेल रुपाकोट मझुवागढी – १० पाथेका २१ वर्षीय सुजन गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

मिनी मार्केट नजिकैको गिफ्ट पसलमा पेस्तोल किन्न भन्दै गएका गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राकेशकुमार पोदारले बताए । गिफ्ट पसलमा पेस्तोल पाइन्छ भनी सोधिरहेको सूचना पाएपछि प्रहरीले गिरीलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक पोदारले बताए ।

पक्राउ परेका गिरीसँगको प्रारम्भिक सोधपुछमा ५/६ दिनयता उनी गाईघाट बजारकोे मेलिना होटलमा रहेको खुलेको प्रहरी नायव उपरीक्षक पोदारले बताए । गिरी बस्दै आएको होटलमा खनतलासी गर्दा नेपाली रुपैयाँ १ लाख ८५ हजार ४ सय १५, अमेरीकी डलर २ सय ९२, भारतीय रुपैयाँ २ लाख ५९ हजार एक सय र ८० यूरो बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी चाँदीको जस्तो देखिने सिक्री २ थान, चाँदीको जस्तो ब्रासलेट एक थान, सुन जस्तो देखिने पहेंलो धातुको औँठी १, घडी १ थान, मोबाइल, बुद्धचित्त र रुद्राक्षको एउटा माला र ४ वटा सिमाला बरामद भएको प्रहरी नायव उपरीक्षक पोदारले बताए ।

थप अनुसन्धान गर्ने क्रममा गिरीले काठमाडौंस्थित बौद्धबाट ती सामानहरु केही दिनअघि चोरी गरेको खुल्न आएको र आवश्यक कारबाहीका लागि सामान र मानिस प्रहरी बृत्त बौद्ध नै पठाइएको प्रहरी नायव उपरीक्षक पोदारले बताए ।

प्रकाशित : पुस १८, २०७९ १८:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×