१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चोरीको विदेशी मुद्रासहित युवक पक्राउ

उदयपुर — चोरीको आरोपा उदयपुरको त्रियुगा नगरपालिका–११, मिनी मार्केट क्षेत्रबाट सोमबार दिउँसो एक युवक पक्राउ परेका छन । डलर, भारु, युरोसहित खोटाङको दिक्तेल रुपाकोट मझुवागढी – १० पाथेका २१ वर्षीय सुजन गिरी पक्राउ परेका हुन् । 

चोरीको विदेशी मुद्रासहित युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी राकेशकुमार पोदारका अनुसार गिरीको साथबाट १ लाख ८५ हजार ४ सय १५ नेपाली रुपैयाँ, अमेरिकी डलर २ सय ९२, २ लाख ५९ हजार एक सय भारतीय रुपैयाँ र ८० युरो बरामद गरिएको छ ।

केही दिनयता गाईघाटस्थित मेलिना होटेलमा बस्दै आएका उनीमाथि प्रहरीले निगरानी गर्दा अवैध गतिविधिमा संलग्न भएको खुलेको हो ।

त्यसैगरी चाँदीको जस्तो देखिने सिक्री २ थान, चाँदीको जस्तो ब्रासलेट एक थान,सुन जस्तो देखिने पहेँलो धातुको औंठी १, एउटा घडीलगायतका सामान पनि उनीबाट बरामद गरिएको डीएसपी पोदारले बताए ।

ती सामान गिरीले केही दिनअघि काठमाडौंको बौद्धबाट चोरी गरेको भन्ने खुल्न आएको उदयपुर प्रहरीले जनाएको छ । प्रहरी वृत्त बौद्धसँग समन्वय गरी पक्राउ परेका व्यक्ति र बरामद सामान काठमाडौं पठाइएको डीएसपी पोदारले बताए ।

प्रकाशित : पुस १८, २०७९ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?