कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राठीको अपहरणमा संलग्नलाई मुद्दा

विराटनगर — उद्योगी अरुणकुमार राठीलाई बन्धक बनाएर फिरौती असुल्ने सहेन शाह भनिने सिराह नगरपालिका–४ का अब्दुल खत्ताबलाई मोरङ प्रहरीले अपहरण तथा शरीर बन्धकमा मुद्दा चलाउने तयारी गरेको छ ।

राठीको अपहरणमा संलग्नलाई मुद्दा

राठी र खत्ताब नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक हुन् । खत्ताबले राठीलाई आफ्नै मिडिया हाउसमा तीन साता अगाडि इन्टरभ्यु गर्ने भन्दै लगेर बन्धक बनाई १५ लाख फिरौती रकम लिएको प्रहरीको भनाइ छ । खत्ताबका सहयोगी विराटनगरका जयकुमार रामलाई पनि पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

घटनाको एक सातासम्म विराटनगरमा खुलेआम हिँडडुल गरेका खत्ताबलाई विभिन्न शक्ति केन्द्रको दबाबमा प्रहरीले ढिलो पक्राउ गरेको थियो । अहिले पनि उनको मुद्दालाई कमजोर बनाउन तिनै शक्ति केन्द्र, प्रदेश सरकारका कामचलाउ केही मन्त्री र उनीहरूका निकट सक्रिय रहेको स्रोतको दाबी छ । राठी प्रदेशसभा सदस्यमा एमालेबाट मोरङ ६ (२) बाट समानुपातिकका उम्मेदवार थिए ।

विराटनगर–६ मा बस्दै आएका खत्ताबले राठीलाई आफ्नै मिडिया हाउसमा भिडियो खिच्ने भन्दै सरौचियामा रहेको मिडिया हाउसमा अपहरण शैलीमा पुर्‍याएर बन्धक बनाएर तत्काल १५ लाख फिरौती लिएको र बाँकी १५ लाख रुपैयाँ एक सातापछि लिने सर्तमा छाडेको सविस्तार उल्लेख गर्दै राठीले प्रहरीलाई किटानी जाहेरी दिएका थिए ।

प्रकाशित : पुस १४, २०७९ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?