नेले बजारको आगलागी निभाइयो, ४ घर जलेर नष्ट

आगलागीबाट करोडौंको क्षति भएको बताइएको छ ।

सोलुखुम्बु — सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका १ स्थित नेले बजारमा लागेको आगलागी दमकलको सहायताले नियन्त्रणमा लिइएको छ ।

नेले बजारको आगलागी निभाइयो, ४ घर जलेर नष्ट

अपराह्न ४ बजेबाट सुरु भएको आगलागीबाट नेले बजारका ४ घर पूर्ण रुपमा जलेपछि सोलुदुधकुण्ड नगरपालिकाबाट पुगेको दमकलले आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको छ ।

स्थानीय बुद्धि बहादुर कार्कीको घरबाट विद्युत् सर्ट भएर सुरु भएको आगोले बुद्धि बहादुरको घरसहित कल्पना बस्नेत, गणेश बस्नेत र रमेश बस्नेतको घर पूर्ण जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख डीएसपी सुनिलजंग शाहाले जानकारी दिए । चार घरमा रहेका २ वटा मोबाइल पसल र आधा दर्जन फेन्सी तथा किराना पसलहरू जलेर नष्ट भएको डीएसपी शाहाले बताए ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत गरी करिब १ सय जना शुरक्षाकर्मीहरु परिचालित थिए ।

स्थानीय र जनप्रतिनिध समेतको सक्रियतामा आगो नियन्त्रणमा आएको हो । आगलागीबाट करोडौंको क्षति भएको र यकिन विवरण मुचुल्का उठाइसकेपछि मात्रै प्राप्त हुने अगो नियन्त्रणमा खटिएका प्रहरी निरीक्षक अनिल मिश्रले बताए ।

प्रकाशित : पुस ५, २०७९ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?