कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

झापामा हात्ती आक्रमणबाट मृत्यु

पर्वत पोर्तेल

काँकडभिट्टा — जंगली हात्तीको आक्रमणबाट झापामा एक व्यक्तिको मृत्यु भएको छ । दक्षिणी झापाको बाह्रदशी गाउँपालिका-१ का  ३७ वर्षीय जगतबहादुर भुजेलको मंगलबार अपराह्न हात्ती आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

स्थानीय देउराली चारकोशे सामुदायिक वनमा घाँस–दाउरा गरी फर्केने क्रममा भुजेललाई हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । हात्ती आक्रमणबाट जिल्लामा यसै वर्ष ४ जना सर्वसाधारणको मृत्यु भइसकेको छ ।


प्रकाशित : पुस ५, २०७९ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?