कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

आगलागी निभाउने क्रममा धनकुटामा दुई जना घाइते

धनकुटा — धनकुटा नगरपालिका ४ देब्रेबासस्थित दानाबारी टोलमा आइतबार आगलागीबाट एक घरमा क्षति पुगेको छ । आगो निभाउने क्रममा दुई जना घाइते भएका छन् ।

स्थानीय लीलाबहादुर आचार्यको दुई तले घरमा बिहान १० बजे भान्साकोठाबाट खाना पकाउने ग्यास चुहावट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा घरधनी लीला र उनकी श्रीमती कमला आचार्य घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार गरिएको छ । दुवैको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

घटनामा लत्ता कपडा, अन्नपात, भाडाबर्तनसहित ६ लाख ३० हजार बराबरको क्षति पुगेको जनाइएको छ । यस्तै, आगलागीका क्रममा घरसँगै रहेको कुखुरा फार्ममा २ सय वटा कुखुराको चल्ला समेत मरेका छन् । स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको मद्दतमा आगो नियन्त्रण गरिएको प्रहरीले उल्लेख गरेको छ ।

प्रकाशित : पुस ३, २०७९ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?