१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

धनकुटामा बेपत्ता युवक मृत भेटिए 

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाको महालक्ष्मी नगरपालिका ५ माझी गाउँका २४ वर्षीय अनिष माझी बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

घरभन्दा करिब एक किलोमिटर दूरीमा पर्ने स्थानीय रुद्रबहादुर भण्डारीको बारीमा माझीको शव फेला परेको प्रहरीले जनाएको छ ।

केही दिनदेखि बेपत्ता रहेका माझीको शव सडेको अवस्थामा स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

प्रकाशित : मंसिर २१, २०७९ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?