कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदेश १ मा धान उत्पादन वृद्धि

देवनारायण साह

मोरङ — प्रदेश १ मा मल अभावबीच धान रोपेका किसानले गत वर्षभन्दा १६ हजार २ सय ८२ दशमलव १५ मेट्रिकटन बढी उत्पादन गरेका छन् । चालु आर्थिक वर्षमा प्रदेशमा कूल धान खेतीयोग्य ३ लाख ४० हजार ८ सय २९ हेक्टर जग्गामध्ये ३ लाख ३१ हजार ८८ दशमलव ९४ हेक्टरमा धान लगाइएको थियो । यो वर्ष १२ लाख ९८ हजार ८ सय ५५ दशमलव १५ मेट्रिकटन उत्पादन भएको प्रदेश १ कृषि मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा धान उत्पादन वृद्धि

प्रदेश १ मा गत वर्षभन्दा ५ हजार ३५ हेक्टर कम खेतमा धान खेती भए पनि उत्पादन बढी भएको मन्त्रालयका अभिमन्यु अधिकारीले बताए । गत वर्ष ३ लाख ३६ हजार १ सय २३ हेक्टरमा गरिएको धान खेती यस वर्ष ३ लाख ३१ हजार ८८ हेक्टरमा मात्रै भएको थियो ।

गत वर्ष १२ लाख ८२ हजार ५ सय ७३ मेट्रिकटन उत्पादन भएको धान यस वर्ष १२ लाख ९८ हजार ८ सय ५५ दशमलव १५ मेट्रिकटन उत्पादन भएको अधिकारीले बताए । यस वर्ष गतवर्षभन्दा उत्पादकत्व समेत बढेको छ । गत वर्ष धान उत्पादकत्व ३ दशमलव ८२ रहेकोमा वृद्धि भएर यस वर्ष प्रतिहेक्टर ३ दशमलव ९२ मेट्रिकटन पुगेको छ ।

हिमाली जिल्ला ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुस्थित २४ हजार १ सय १३ हेक्टर धान खेतीयोग्य जग्गामध्ये यस वर्ष खेती गरिएको २३ हजार ७ सय ६३ हेक्टरमा प्रतिहेक्टर २ दशमलव ६५ मेट्रिकटनको दरले ६३ हजार ४ दशमलव ६६ मेट्रिकटन धान उत्पादन भएको छ ।

यस्तै, पहाडी जिल्ला पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुंगा र खोटाङस्थित कुल ९० हजार ९ सय १६ हेक्टर धान खेतीयोग्य जग्गामध्ये ८७ हजार ९ सय ३२ दशमलव ४२ हेक्टरमा धान बाली लगाइएको अधिकारीले बताए । पहाडी जिल्लामा गरिएको खेतीमा प्रतिहेक्टर २ दशमलव ९२ मेट्रिकटनको दरले कुल २ लाख ५७ हजार १ सय ९१ दशमलव ८४ मेट्रिकटन उत्पादन भएको उनको भनाइ छ ।

तराईका सुनसरी, मोरङ र झापास्थित कुल धान खेतीयोग्य २ लाख २५ हजार ८ सय हेक्टरमध्ये यस वर्ष २ लाख १९ हजार ३९३ हेक्टरमा खेती गरिएको थियो । जसमा प्रतिहेक्टर ४ दशमलव ४६ मेट्रिकटनको दरले ९ लाख ७८ हजार ६ सय ५८ दशमलव ६५ मेट्रिकटन धान उत्पादन भएको छ । यस प्रदेशस्थित १४ जिल्लामा सबभन्दा बढी प्रतिहेक्टर ४ दशमलव ८९ मेट्रिकटनको दरले झापामा र सबभन्दा कम प्रति हेक्टर २ मेट्रिकटनको दरले खोटाङमा धान उत्पादन भएको मन्त्रालयको तथ्यांक छ ।

यसप्रदेशमा सबभन्दा बढी धान खेतीयोग्य ८७ हजार ५ सय हेक्टर जग्गा झापामा छ । सबभन्दा कम सोलुखुम्बुमा १ हजार ५ सय २५ हेक्टर धान खेतीयोग्य जग्गा छ । यो वर्ष सरकारले समयमा कृषि मल उपलब्ध गराउन नसके थिएन । तर किसानहरूले आफ्नो मिहिनेतले धान उत्पादन बढाएको मन्त्रालयका अधिकारीले बताए ।

प्रकाशित : मंसिर २१, २०७९ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?