सेनाको गाडी दुर्घटना हुँदा १५ घाइते- कोशी - कान्तिपुर समाचार

सेनाको गाडी दुर्घटना हुँदा १५ घाइते

लक्ष्मी गौतम

पाँचथर — पाँचथर र धनकुटाको सिमावर्ती छ नम्बर बुधबारेबाट पाँचथरको जोरपोखरी तर्फ आउँदै गरेको नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

बा १ ग ३४४२ नम्बरको वानटन गाडी आइतबार अपराह्न इलामको माङसेवुङ गाउँपालिका वडा नम्बर ६ दारेगौंडाको उकालो बाटोमा ब्रेकफेल भइ दुर्घटनामा परेको थियो ।

दुर्घटनामा घाइते १५ मध्ये २ जनाको अवस्था केही चिन्ताजनक छ । गम्भीर अवस्थाका २ जनालाई वराटनगर र १३ जनालाई सैनिक हेलिकोप्टरबाट उद्वार गरी साँझ काठमाडौं पठाइएको फिदिमस्थित रणशेर गणले जनाएको छ ।

दुर्घटनामा सैनिक प्युठ कााशिराम चौधरी, प्रविण खड्का, शिव राना, ओमप्रकाश थापा, नायक रवी तामाङ, रमेश चौधरी, सूर्य थारु, चन्द्रबहादुर कार्की, दिलबहादुर साही, लोटन थारु, देवीलाल सुनुवार, हवल्दार प्रकाश आचार्य, लेस नायक रञ्जित चौधरी, र जवान धर्मैश कापर छन् ।

उनीहरुमध्ये चालक रवी तामाङ र नायक दिलबहादुर शाहीलाई विराटनगरमा उपचार गरिँदैछ ।

आइतबार ठूलो दुर्घटना हुँदापनि सेनाले माथिको आदेश भन्दै घटना सार्वजनिक गरेको छैन ।

प्रकाशित : मंसिर १९, २०७९ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्

दोलखामा माओवादीका कार्की हजार मतले अगाडि

कान्तिपुर संवाददाता

काठमाडौँ — दोलखामा नेकपा माओवादी केन्द्रकागंगा कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई हजार भन्ददा बढी मतले पछि पार्दै अग्रस्थानमा आएका छन् । जारी मत गणनाको पछिल्लो विवरण अनुसार कार्कीले शिवकोटीलाई १ हजार १९५ मतले पछि पारेका छन् ।

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत दोलखा क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्की ३५ हजार ७९० मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार बालकृष्ण शिवाकोटी ३४ हजार ५९५ मतका साथ दोस्रो स्थानमा छन् ।

प्रकाशित : मंसिर १९, २०७९ ०८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×