१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

पाँचथर प्रदेशसभा २ मा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो विजयी 

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर आङ्बो (मौसम) विजयी भएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई ३ हजार ६७ मत अन्तरले पराजित गर्दै आङ्बो दोस्रो पटक यस निर्वाचन क्षेत्रबाट विजयी भएका हुन् ।

पाँचथर प्रदेशसभा २ मा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो विजयी 

आङ्बोलाई १५ हजार ६ सय ७२ मत प्राप्त भएको छ । उनका प्रतिस्पर्धी एमालेका नेम्वाङले १२ हजार ६ सय ५ मत पाएका छन् ।

पाँचथरको फिदिम नगरपालिका ११ घर भएका ४० वर्षीय आङ्बो २०७४ सालको आम निर्वाचनमा तत्कालीन बाम गठबन्धनका तर्फबाट यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रहेका आङ्बो एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री पनि हुन् ।

उनी यस पटक माओवादी केन्द्र, नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रका तर्फबाट साझा उम्मेदवार थिए ।

एमालेका नेम्वाङ नेकपा एमालेका केन्द्रीय सदस्य हुन् । उनी २०७० सालमा नेकपा मालेका तर्फबाट संविधानसभा सदस्यमा पनि निर्वाचित भएका थिए ।

आइतबार भएको मतदानमा उक्त क्षेत्रमा ३४ हजार ७ सय १५ मत खसेको थियो ।

प्रकाशित : मंसिर ८, २०७९ ०४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?