कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

धनकुटाको बेलहारामा बम निष्क्रिय पारियाे

धनकुटा — धनकुटा नगरपालिका ९ को बेलहारामा सोमबार बिहान फेला परेकाे बम नेपाली सेनाकाे डिस्पाेजल टाेलीले निस्क्रिय पारेकाे छ।

धनकुटाको बेलहारामा बम निष्क्रिय पारियाे

सोमबार बिहान शंकास्पद वस्तु भेटिएको भन्दै प्रहरीले घटनास्थलमा सुरक्षा सतर्कता कायम गर्दै नेपाली सेनाको सहायता लिएको थियो । सेनाको टोलीले उक्त वस्तु घरेलु बम रहेकाे भन्दै डिस्पोज गरेको बताइएको छ ।

अस्थायी प्रहरी चौकीबाट करिब डेढ किलोमिटरको दूरीमा उक्त वस्तु फेला परेको हो । डल्लो वस्तुमा तार बेरिएको देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

प्रकाशित : मंसिर ५, २०७९ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?