२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४
तस्बिरहरू

मतदानस्थलमा अधिकृतदेखि म्यादीसम्म महिलामात्रै

लक्ष्मी गौतम

पाँचथर — प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न पाँचथरका तीनवटा मतदान केन्द्रको जिम्मेवारी महिलालाई मात्रै दिइएको छ । यहाँको सुखबोध मावि जोरसालमा रहेको मतदानस्थलका तीनवटै केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी, सहयोगी, सुरक्षाकर्मी र म्यादी सबै महिला खटाइएको हो ।

मतदानस्थलमा अधिकृतदेखि म्यादीसम्म महिलामात्रै

मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालका अनुसार यहाँ प्रत्येक केन्द्रमा ८ जनाका दरले २४ जना कर्मचारी र ६ जनाका दरले १८ जना सुरक्षाकर्मी गरी कुल ४२ कर्मचारी खटेका छन् ।

यसअघि गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँका ३ मध्ये एउटा केन्द्रको जिम्मेवारी महिलालाई दिइएको थियो ।

‘अघिल्ला निर्वाचनहरुमा कुनै एउटा मतदान केन्द्रमा महिलालाई जिम्मेवारी दिइन्थ्यो, यसपटक तीनवटै केन्द्रमा आवश्यक जनशक्ति महिला मात्रै छौं, यसले हामी सबैमा उत्साह थपिएको छ,’ सुखबोध मावि मतदान केन्द्र क की मतदान अधिकृत निर्मला दाहालले भनिन् ।

यसरी खटाइएका कर्मचारी र सुरक्षाकर्मी महिलाले मतदानस्थलको व्यवस्थापनसँगै निर्वाचन प्रक्रियाका लागि आवश्यक संरचना तयार गरेका छन् ।

यहाँका तीनवटै केन्द्रको व्यवस्थापन र मतदान गराउने जिम्मेवारी पाएकोमा आफूहरु उत्साहित भएको उनीहरुको प्रतिक्रिया छ ।यस केन्द्रमा फिदिम नगरपालिका वडा नम्बर ४ का २ हजार ८ सय मतदाता छन् ।

योसँगै जिल्लाभर ५ जना महिलालाई मतदान अधिकृत र १५ जनालाई सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर ३, २०७९ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?