कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हराउँदै फेरी संस्कृति

डम्बरसिंह राई

खोटाङ — दिप्रुङ चुइचुम्मा–४ बतासेका ६१ वर्षीय जगतबहादुर जोगी फेरी लगाउन थालेको ४० वर्ष भयो । कात्तिक, चैत र साउनमा फेरी लगाउने परम्परा छ । यो बेला भैरुङ कुल देवताथानमा राखिएको बराठ बाजालाई पूजा आराधना गरेर फेरी लगाउन सुरु गरिने उनले बताए । 

हराउँदै फेरी संस्कृति

‘घरवालालाई रक्खे (रक्षा) होस्, चिताएको पुगोस्, भुत पिसाचले दुःख नदिओस् भनेर जप गरिन्छ’ जगतबहादुरले भने । रातीको जपन पछि घरवालाले बिहानपख इच्छा र गच्छे अनुसारको सिदा दिने चलन छ । चामल, घिउ, नुन, तेल, पैसा दिने गरिन्छ । उहिले–उहिले ओखर, कालो मास, कालो तिल, कालो धान, कालो कपडा, फलामको हतियारसहित भेटी दिने चलन भए पनि अहिले फेरिएको उनले सुनाए ।

उनले खोटाङको साकेला गाउँपालिकामा छ रात, दिप्रुङ चुइचुम्मामा १० रात, खोटेहाङमा ७ रात फेरी लगाउने गरेको बताए । यसबाहेक अन्य जोगीले पनि फेरी लगाउँछन् । भोजपुरको सिक्तेल, दावा, चिसापानीको खुटालगायतका जोगीले फेरी लगाए पनि अहिले भने कमैले मात्र यो काम गर्ने गरेको उनले बताए । अहिले एकाधले यो परम्परा धानिरहेका भेटिन्छन् ।

‘जोगीलाई माग्ने ठानेर सम्मान नगरिने हुनाले कसैले चासो दिँदैनन्,’ उनले भने, ‘अब लोप भएर जाने भो ।’ पृथ्वीनारायणले सूचना दिने कर्मचारीको रूपमा जोगीलाई नियुक्त गरेको र पछि संस्कृतिको रूपमा विकास भएको संस्कृतिविद् एवं मावनशास्त्री तथा समाजशास्त्री डा. विष्णु राईको भनाइ छ ।

प्रकाशित : मंसिर २, २०७९ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?