मोरङ-३ (१) को नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले मोरङ क्षेत्र नं. ३ को (१) मा नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि आयोगले सो दलका लागि उम्मेदवार मनोनयनसहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो ।

मोरङ-३ (१) को नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक

आयोगको निर्णय अनुसार यही कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम छ ।

आयोगले मनोनयन दर्ता भएर निर्वाचन चिह्नसमेत दिइसकिएको र प्रचारप्रसार गरिरहेको अवस्थामा उम्मेदवारको मृत्यु भएको भन्दै अब सम्बन्धित दलले पुन: उम्मेदवारको मनोनयन गर्नुपर्नेमा नयाँ निर्वाचन कार्यक्रम दिएको हो । आयोगले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३२ अनुसार नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

मोरङ क्षेत्र नं. ३ अन्तर्गत प्रदेश सभा क्षेत्र नंं. १ मा नयाँ निर्वाचन कार्यक्रम तय

प्रकाशित : कार्तिक २३, २०७९ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?