छठ मेलामा छुरा प्रहारबाट युवकको मृत्यु, ५ जना पक्राउ [अपडेट]- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छठ मेलामा छुरा प्रहारबाट युवकको मृत्यु, ५ जना पक्राउ [अपडेट]

पक्राउ पर्ने सबै १६ देखि १७ वर्ष उमेर समूहका किशोरहरू
विनोद भण्डारी

विराटनगर — मोरङ र झापाको सिमानामा पर्ने मावा खोलामा छठ हेर्न गएका एक युवकको आफ्नै साथीको छुरा प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।


श्रेष्ठलाई पुरानो रिसइबीका कारण उनकै साथीले छुरा प्रहार गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

झापा दमक नगरपालिका १० का १४ वर्षीय दियुष श्रेष्ठलाई मावा खोलामा आइतबार राति छठको रमाइलो हेर्ने क्रममा उनकै साथीले छुरा प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

आफ्नै साथीसँग खोलाको घाटमा छठको रमाइलो हर्ने क्रममा श्रेष्ठलाई भीडभाडमा राति साढे १० बजे छुरा प्रहार भएको र उनकै साथीले उर्लावारीको गोदावारी हस्पिटलमा उपचारका लागि ल्याएको र त्यहाँ उपचार हुन नसकेर बिर्तामोडको बीएन्डसी अस्पताल पुर्‍याएपछि उपचारका क्रममा उनको मृत्यु भएको पाइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी दिपक श्रेष्ठले बताए ।

घटनापछि मृतककै ५ जना साथीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । डीएसपी श्रेष्ठले भने साथीहरूले नै भीडभाडमा छुरा प्रहार गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको बताए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले मृतकका साथी उर्लावारी ६ बस्ने सरोज बस्नेत, सन्देश खवास, सपन खत्री, मन्जिल माझी र विकास तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरू सबै १६ देखि १७ वर्षका रहेको पनि प्रहरीले बताएको छ ।

प्रकाशित : कार्तिक १४, २०७९ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्

निगमको आइतबारको दिल्ली उडान गैरसैनिक हवाई उडान ऐनविपरीत : उड्डयन प्राधिकरण

कान्तिपुर संवाददाता

काठमाडौँ — नागरिक उड्डयन तथा हवाई यातायात नियमन गर्ने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार नेपाल वायुसेवा निगमले दिल्ली उडान-अवतरणको अनुमति नलिई यात्रुहरूलाई अलपत्र पारेको जनाएको छ ।

प्राधिकरणले सोमबार दिउँसो विज्ञप्ति जारी गर्दै प्राधिकरणबाट उडान स्वीकृति नलिई नेपाल वायुसेवा निगमले आइतबार दिल्ली उडान राखेकोमा आपत्ति पनि जनाएको छ ।

‘प्राधिकरणबाट उडान स्वीकृति नलिएको नेपाल वायुसेवा निगमको काठमाडौंबाट दिल्ली उड्ने उडान नम्बर आरए-२१७ का यात्रुहरूलाई विमानस्थलमा बोलाई यात्रुहरूलाई गन्तव्यमा नपुर्‍याई अलपत्र पारेको घटनाप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रवक्ता जगन्नाथ निरौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उसले आइतबार निगमले राखेको उडान गैरसैनिक हवाई उडान ऐन र नियमवालीविपरीत भएको विज्ञप्तिमा लेखेको छ । उडान र अवतरणको अनुमतिबिना यात्रुलाई टिकट बिक्री गर्नु, बोर्डिङ पास दिनुलाई सिकागो महासन्धी तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको उडान सुरक्षा मापदण्डविपरीत भएको उल्लेख गर्दै प्राधिकरणले निगमलाई स्पष्टीकरण सोधिएको जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिदियो निगमको दिल्ली उडान

प्रकाशित : कार्तिक १४, २०७९ १४:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×