तमोर नदीमा खसेर वृद्धको मृत्यु

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटा नगरपालिका ९ मूलघाटस्थित तमोर नदीको पुलबाट आइतबार बिहान एक वृद्धको खसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ८० वर्षीय हर्कबहादुर साम्पाङ रहेको प्रहरीले जनाएको छ ।

बिहान पौने ११ बजे पुलबाट नदी किनारमा खसेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए । मादक पदार्थ सेवन गरेका कारण पुलबाट खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । घटनालगत्तै मूलघाटमा गएका मलामीहरुले प्रहरीलाई खबर गरेका थिए ।

करिब ५० मिटर अग्लो पुलबाट नदी किनारमा रहेको ढुंगामा बज्रिँदा साम्पाङको मृत्यु भएको प्रत्यक्षदर्शी गोपाल बराइलीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।



प्रकाशित : कार्तिक १३, २०७९ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?