युवा संघ अध्यक्षविरुद्ध पक्राउ पूर्जी

कान्तिपुर संवाददाता

विराटनगर — अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा मिटर ब्याजी एवं एमाले भातृ संगठन युवा संघ विराटनगरका अध्यक्ष किरण लामा विरुद्ध मोरङ प्रहरीले आइतबार पक्राउ पूर्जी जारी गरेको छ । लामाले विराटनर–८ का औषधी व्यवसायी नवल यादव र अभिषेक साहलाई शुक्रबार अपहरण गरी दिनभरी बन्धक बनाएको प्रहरीको भनाइ छ ।

मोरङ प्रहरीको अपराध अनुसन्धान ब्युरोका डीएसपी टीका कार्कीका अनुसार लामाले साह र यादवलाई गत असार २९ मा ५ लाख रुपैयाँ ऋण दिएका थिए । उनीहरुले पटकपटक गरेर १३ लाख रुपैयाँ बुझाए पनि लामाले अझै २५ लाख रकम तिर्न बाँकी रहेको भन्दै धम्की दिंदै आएको खुलेको छ ।

साह र यादवले थप रकम तिर्न बाँकी नरहेको भने पनि लामाले थप २५ लाख रुपैयाँ लिन उनीहरुलाई फोन गरेर आफनै घरमा बोलाएर दिनभरी बन्धक बनाएको पाइएको कार्कीले बताए ।

प्रहरी स्रोतका अनुसार लामाले उनीहरुलाई मिटर ब्याजमा रकम दिएको र साँवाको दोब्बर रकम दिंदा पनि थप रकम असुली गर्न बन्धक बनाएको पाइएको छ । लामा फरार छन । उनी विरुद्ध जिल्ला अदालतमा अदालतमा म्याद थप गरेर प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो ।


प्रकाशित : कार्तिक ६, २०७९ २२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?