मोरङ कारागारका एक कैदीको मृत्यु

कान्तिपुर संवाददाता

मोरङ — मोरङ कारागारमा जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङबाट कैदी जीवन बिताइरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । केराबारी गाउँपालिका-१ का ५० वर्षीय डिकबहादुर विकको मृत्यु भएको हो ।

कारागारका निमित्त जेलर तुलसीराम भगतले डिकबहादुरलाई मुटु तथा पेटसम्बन्धी समस्या देखिएपछि नोबेल शिक्षण अस्पतालमा भर्ना गराएर उपचार गरिएको थियो । जिल्ला अदालत मोरङले जबरजस्ती करणी मुद्दामा विकलाई २०७४ चैत ८ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो ।

मोरङ कारागारमा हाल १ हजार ७४ जना कैदी बन्दी रहेका छन् ।

प्रकाशित : कार्तिक ४, २०७९ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?