२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

धनकुटामा गुडिरहेको भ्यानमा आगलागी

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाको साँगुरीगढी–६ भेडेटार नजिक चारखोलेमा सोमबार बिहान गुडिरहेको भ्यानमा आगलागी भएको छ ।

धनकुटामा गुडिरहेको भ्यानमा आगलागी

तरकारी बोकेर धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्रदेश नं. २, ०१००१ च २४१ नम्बरको गाडीमा बिहान सबेरै २ बजेर २० मिनेटमा आगलागी भएको प्रहरीले जनाएको छ । गुडिरहेको बेला अकस्मात वायरिङ सट भई आगो लागेको चालकले जनाएका छन् ।

गाडीको इन्जिनसहित अघिल्लो भागमा पूर्णरुपमा क्षति पुगेको भेडेटारका प्रहरी नायब निरीक्षक रामप्रसाद शर्माले जानकारी दिए । भेडेटारबाट पुगेको प्रहरी र अन्य गाडीका चालक सहचालकको मद्दतले आगो नियन्त्रणमा आएको शर्माको भनाई छ ।

गाडी चालक सिरहा मिर्चैयाका अनिश दर्लामीसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । गाडीमा सवार दुई यात्रु भने सकुशल छन् ।

दस दिनको फरकमा गाडीमा आगलागी भएको यो दोस्रो घटना हो । यसअघि गत असोज २१ गते पनि भेडेटार नजिकै यात्रुबाहक बसमा आगलागी भएको थियो ।

यसैबीच, चौबिसे गाउँपालिका–७ ठूलढुंगास्थित महेन्द्र लिम्बूको घरमा आइतबार आगलागी भएको छ ।

बालबालिका खेल्ने क्रममा आगो चलाउँदा अपराह्न ३ बजे घटना भएको प्रहरीले जनाएको छ । आगलागीबाट दुई तले कच्ची घर पूर्णरुपमा क्षति भएको छ ।

प्रकाशित : आश्विन ३१, २०७९ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?