सिट बाँडफाँटमा खोटाङ कांग्रेसको असहमति, नसच्याए स्वतन्त्र उम्मेदवार उठाउने चेतावनी

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धनमा भएको सिट बाँडफाँटको सहमतिमा खोटाङ कांग्रेसले असन्तुष्टि जनाएको छ । पार्टी केन्द्रले जिल्लाको संगठनको आधार नबुझी सिट बाँडफाँट गरेको भन्दै जिल्ला कार्यसमितिले निर्णय नै गरेर केन्द्रले गरेको सहमतिको विरोध गरेको हो ।

सिट बाँडफाँटमा खोटाङ कांग्रेसको असहमति, नसच्याए स्वतन्त्र उम्मेदवार उठाउने चेतावनी

नेताहरूले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ पार्टीले एकल उम्मेदवार उठाउने बताएका छन् । शनिबार बसेको बैठकले प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्री सर्वधन राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । खोटाङ एउटामात्रै निर्वाचन क्षेत्र भएको जिल्ला हो ।

सत्ता गठबन्धनमा भागबण्डा हुँदा यो क्षेत्र नेकपा माओवादी केन्द्रको भागमा परेको छ । कांग्रेस नेताहरूले प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रले पाएपनि दुवै प्रदेशसभा क्षेत्र कांग्रेसले राख्नुपर्ने माग गरेका थिए । तर, प्रदेशसभातर्फ (क) क्षेत्र गठबन्धनमा नेकपा एकीकृत समाजवादीको भागमा परेको छ ।

प्रदेशसभा (ख) क्षेत्रमात्रै कांग्रेसको भागमा परेको छ । केन्द्रले सिट बाँडफाँटको निर्णय सच्याउनुपर्ने, अन्यथा स्वतन्त्र उम्मेदवार दिने निर्णय भएको नेता जितेन्द्र ठकुरीले जानकारी दिए । सो निर्णयमा जिल्ला सभापति विष्णुकुमार राई, पुर्वसभापतिहरू नरेश श्रेष्ठ, सुवासकुमार पोखरेल, उपसभापति इवन राई, पूर्वमन्त्री सर्वधन राई लगायत नेताहरूले हस्ताक्षर गरेका छन् ।

प्रकाशित : आश्विन २२, २०७९ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?