खुकुरी प्रहार गरी छोराको हत्या

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाको पाख्रिबास नगरपालिका ९ उत्तरपानीमा शुक्रबार बिहान खुकुरी प्रहार गरी बाबुले छोराको हत्या गरेका छन् । स्थानीय ५४ वर्षीय उपेन्द्र ठाडा मगरले ३० वर्षीय छोरा सन्तोषको हत्या गरेको प्रहरीले जनाएको छ ।

दुवैबीच भनाभन हुँदा बिहान साढे ८ बजे घटना भएको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए । खुकुरीले घाँटी तथा टाउकोमा प्रहार गर्दा सन्तोषको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

मदिराको कुलतमा रहेका हत्यामा संलग्न उपेन्द्र यसअघि ६ महिना सुधारगृहमा बसेर घर फर्किएका थिए । उनलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको एसपी अधिकारीले बताए ।


प्रकाशित : आश्विन २१, २०७९ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?