कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सर्पले डसेर बालिकाको मृत्यु

पर्वत पोर्तेल

झापा — टीका थाप्न मावल गएकी झापाकी एक बालिकाको गोमन सर्पको डसाइबाट मृत्यु भएको छ । गोमन सर्पले डस्दा दमक नगरपालिका- २ की ८ वर्षीया श्रुति सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

श्रुति बुधबार गौरादह नगरपालिका- ९ स्थित बैगुन्धुरा मावलमा दसैंको टिका लगाउन गएकी थिइन् । कोठाको भुइँमा ओछ्यान लगाएर सुतेको बेला राति साढे एक बजेतिर श्रुतिलाई गोमन सर्पले डसेको पारिवारिक श्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

श्रुतिलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लगिएको तर चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए । झापामा दुई महिनाभित्र सर्पले डसेर तीन जनाको मृत्यु भएको छ ।

प्रकाशित : आश्विन २०, २०७९ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?