कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईएमई लुटपाटमा संलग्न थप दुई जना पक्राउ

आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङको सदरमुकाम फुङलिङस्थित वीरेन्द्र चोकमा रहेको आईएमई लुटपाटमा संलग्नमध्येका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । एक जनालाई झापाको बिर्तामोड र अर्कालाई ताप्लेजुङ फुङलिङ नगरपालिका ३ हेलिप्याडबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए । 

आईएमई लुटपाटमा संलग्न थप दुई जना पक्राउ

लुटपाटमा चार जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ । थप एक जनाको भने खोजी भइरहेको छ। फुङलिङ नगरपालिका ३ हेलिप्याड घर भएका एक जनालाई लुटपाट भएकै दिन बिहान भानुजन माविको छेउबाट पक्राउ गरिएको थियो ।

लुटेको नगद ६ लाख र झोलामा सुनसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीयको सहयोगमा सशस्त्र र नेपाल प्रहरीले पक्राउ गरेको हो । आईएमई सञ्चालक अमर श्रेष्ठ र मैया श्रेष्ठ भ्रमणको क्रममा अस्ट्रेलियामा छन् । यहाँ रहेका कर्मचारीलाई आफूले राखेको सुन लिने भन्दै नियन्त्रणमा लिई लुटपाट गरी भागेका थिए ।

प्रहरीले थप एकलाई पनि पक्राउ गरी पूर्ण विवरण सार्वजनिक गर्ने जनाएको छ । सुरुमै पक्राउ परेका एक जना ताप्लेजुङका भए पनि बाँकी तीन जना भने ताप्लेजुङभन्दा बाहिरबाट आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उनीहरूले गत सोमबार करिब ७ किलो सुन र नगद ११ लाख ५५ हजार लुटेको सञ्चालकले बताएका छन् । प्रहरीले भने उनीहरू पक्राउ परिसकेपछि पूर्ण विवरण आउने बताउँदै आएको छ ।

प्रकाशित : आश्विन २०, २०७९ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?