कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

संखुवासभाकाे सभाखाेलामा बाबुछोरा बेपत्ता

कान्तिपुर संवाददाता

संखुवासभा — खाँदबारी नगरपालिका ९ मा पर्ने सभाखाेलामा नुहाउन गएका बाबु-छाेरा बेपत्ता भएका छन् । आफ्नै गाडी लिएर साेमबार सभाखाेला गएका उनीहरू घर नफर्किएपछि मंगलबार बिहान आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

संखुवासभाकाे सभाखाेलामा बाबुछोरा बेपत्ता

प्रदेश १-०२-००२ च ५९२० नम्बरको बोलेराे जिप, कपडा, जुत्ता, माेबाइल, साबुनलगायत सामग्री सभाखाेला किनारमा भेटिएकाे छ ।

बेपत्ता हुनेहरूमा खाँदबारी ७ का करीब ४० वर्षीय तारानाथ काफ्ले र उनका छाेरा १५ वर्षीय सनम काफ्ले रहेकाे डीएसपी वीरेन्द्र गाेदारले बताए । उनीहरूकाे खाेजीकार्य भइरहेकाे उनले बताए ।

प्रकाशित : आश्विन १८, २०७९ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?