कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

पशुबलि न्यूनीकरण गर्न सचेतना र्‍याली

लक्ष्मी गौतम

पाँचथर — पाँचथरमा बलिभोग न्यूनीकरणको सन्देश दिने उद्देश्यले सचेतना र्‍याली निकालिएको छ । दसैंमा देवीदेवता खुसी पार्ने नाममा दिइने पशुबली न्यूनीकरण गर्न सन्देश दिन प्रेमवाद नेपालले सदरमुकाम फिदिममा यस्तो र्‍याली निकालेको हो ।

पशुबलि न्यूनीकरण गर्न सचेतना र्‍याली

र्‍यालीमा सहभागीहरुले प्राणीको दु:ख पनि आफ्नो दुःखसरह भएकाले उनीहरुको बलि नदिऔं, सम्पूर्ण प्राणीलाई प्रेम गरौं, बलिभोग न्यूनीकरण गरौं, चाडपर्व भड्किलो नबनाऔं, देवीदेवताको पूजा श्रद्धापूर्वक गरौंजस्ता नारा लेखिएका प्ले कार्ड र ब्यानर बोकेका थिए ।

देवीदेवताले कुनै पनि प्राणीको बलि भोग नमाग्ने र नखाने भएकाले उनीहरूका नाममा काटमार गर्नु नहुने र्‍यालीपश्चात आयोजित कोणसभाका वक्ताहरूले जोड दिए ।

कार्यक्रममा प्रेमवाद नेपाल (हेभन्ली पाथ नेपाल) र ब्रह्मकुमारी राजयोग सेवा केन्द्रलगायत बौद्ध धर्मावलम्वीहरूको सहभागिता थियो ।

विश्व प्राणी दिवसको अवसरमा सोमबार आयोजित र्‍याली फिदिम-१ लिम्बुवान गेटबाट सुरु भई नगर परिक्रमा गर्दै गणतन्त्र चोकमा पुगेर कोणसभापश्चात टुंगिएको थियो ।

प्रकाशित : आश्विन १७, २०७९ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?