कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुमो दुर्घटनामा चार जना घाइते

कान्तिपुर संवाददाता

खोटाङ — इटहरीबाट दिक्तेल आउँदै गरेको सुमो दुर्घटना हुँदा चार जना घाइते भएका छन् । प्रदेश १–०२–००१ ज ४०२४ नम्बरको सुमो हलेसी तुवाचुङ नगरपालिका-४ च्यास्मिटारको मेखुखोलामा सोमबार दिउसो साडे दुई बजे दुर्घटना भएको हो ।

सुमो दुर्घटनामा चार जना घाइते

दुर्घटनामा मोरङ बेलबारी नगरपालिका-११ का ३८ वर्षीय राजकुमार गुरुङ, उनकी श्रीमती ३१ वर्षीया अन्जु गुरुङ, छोरी ७ वर्षीया निआशा गुरुङ र सुनसरी इटहरी नगरपालिका-२० का ४० वर्षीय विनोद गुरुङ घाइते भएका हुन् ।

घाइतेको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक रामबालक रायले बताए । गाडी सडकभन्दा करिब सय मिटर तल झरेको रायले बताए । गाडीमा आठ जना सवार थिए ।

प्रकाशित : आश्विन १७, २०७९ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?