१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

आमा र काकाको हत्या

अर्जुन राजवंशी

बिर्तामोड — झापाको कमल गाउँपालिकाका एक युवकले आमा र काकाको हत्या गरेका छन् । शनिबार राति साढे १० बजे कमल २  सिमलडाँगीका २३ वर्षीय चन्द्र माझीले आमा र काकाको हत्या गरेका हुन् । 

माझीले सुतिरहेका ५० वर्षीय काका सन्तबहादुर माझीमाथि पहिला हतियार प्रहार गरेका थिए । प्रहरीका अनुसार त्यसपछि अर्को कोठामा सुतिरहेकी ५० वर्षीया आमा चन्द्रकला माझीमाथि हतियार प्रहार गरेका थिए । हतियार प्रहार गरी भाग्दै गर्दा चन्द्र माझीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन १६, २०७९ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?